आउनुपर्छ कांग्रेसभित्र अब भुइँचालो,
पाका बस सम्मानपूर्वक युवालाई देऊ पालो,
नानाथरि गुट देख्दा रुँदा हुन् है बिपी,
लौन युवा च्यात अब भागबण्डाको जालो,
आउनुपर्छ कांग्रेसभित्र अब भुइँचालो,
संस्थापन र देउवा भनी घाउ भो सधैं आलो,
किन देख्छौ एकले अर्को धमिलो र कालो,
माछा मार्न पल्केका छन् केही बल्छीधारी,
लडाइँ–लडाइँ फाइदा लिन्छन् काढ्छन् सधैं र्यालो,
लौन युवा च्यात अब भागबण्डाको जालो,
साना–साना झुण्ड बोक्ने कस्तो रोगले गाल्यो,
अध्ययन छैन बहस छैन तिनै ठूला–ठालो,
आठ दशकको इतिहासलाई भुल्लान् भन्दै बिपी
देऊ न तिनलाई लाज छोप्ने एकसरो टालो,
आउनुपर्छ कांग्रेसभित्र अब भुइँचालो,
लौन युवा च्यात अब भागबण्डाको जालो
नवज्योति बाल्न अब युवालाई देऊ पालो