प्रधानमन्त्री राहत कोषमा लक्ष्मी सनराइज क्यापिटलले दियो २१ लाख

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ ।

कम्पनीले गत भदौ १० गते रसुवालगायत क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २१ लाख ५७ हजार ४१८ सहयोग गरेको हो ।

भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आवश्यकता सम्बोधन, राहत तथा उद्धारका प्रयासमा सहयोग र प्रभावित समुदायको पुनःस्थापनामा योगदान पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनी र त्यहाँ कार्यरत कर्मचारीको व्यक्तिगत योगदानबाट रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ ।

Share News