काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने भएको छ ।
बैठक १७ गते काठमाडौंको वनस्थली चमतीस्थित घन्टीघरमा अपरान्ह ३ बजे बस्ने भएको हो ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा सहभागी हुन सबै केन्द्रीय समिति सदस्यलाई अनुरोध गरिएको छ ।
बैठकको एजेन्डाबारे भने रास्वपाले जानकारी दिएको छैन ।