आजदेखि पृथ्वी राजमार्गमा सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने

काठमाडौं । अविरल वर्षाका कारण पहिरो र सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्गमा सवारी आवागमन सहज बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले मंगलबार सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने काम भइरहेको र हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जनाएको छ ।

थप पहिरो वा अन्य अवरोध नआए बुधबार दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै प्रकारका सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने प्रशासनले जनाएको छ ।

वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै बेला पहिरो झर्न सक्ने भन्दै प्रशासनले चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

सवारी चलाउँदा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्नसमेत प्रशासनले आग्रह गरेको छ ।

null

Share News