भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग गरे बिदाइ भेट

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका श्रीवास्तवले मंगलबार (आज) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीचको सम्बन्ध सधैं सुमधुर र प्रगाढ रहँदै आएको बताए । उनले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे ।

भेटका अवसरमा सम्माननीय प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे ।

सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

नेपालमा आफ्नो कार्यकाल पूरा गरी श्रीवास्तव भारत फर्किन लागेका हुन् ।

Share News