काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ९० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९० रुपैयाँ र सानो गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
आलु रातो लाम्चो ५५ रुपैयाँ, रातो गोलो आलु ४८ रुपैयाँ, मुडे आलु ४८ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । भारतीय सुकेको प्याज ९३ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ र तराई गाजर ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
बन्दा लोकल प्रतिकिलो ११० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला ४० रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
त्यस्तै, तने बोडी र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी लोकल र हाइब्रिड ६० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १८० रुपैयाँ, तितो करेला ८० रुपैयाँ र लौका ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सागसब्जीतर्फ रायोको साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज ३०० रुपैयाँ रहेको छ ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २०० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ । कुरिलो ५०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ १३० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, मालभोग केरा १०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र हरियो तरबुजा प्रतिकिलो ६० रुपैयाँ रहेको समितिले जनाएको छ ।