दसैंमा सेन्साइको अफर : ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । नेपालीहरूको महान् पर्व दसैंलाई लक्षित गर्दै सेन्साइले विशेष उत्सव योजना सार्वजनिक गरेको छ । ‘अँध्यारोपछि उज्यालो आउँछ, यो दसैं आशा नछोडौँ, हामी सँगै छौँ’ भन्ने सन्देशसहित कम्पनीले योजना ल्याएको हो ।

योजनाअन्तर्गत सेन्साइका विभिन्न घरायसी तथा विद्युतीय उपकरण खरिद गर्दा ग्राहकले ३० हजार १०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । योजनामा वाशिङ मेसिन, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कूलर, भ्याकुम क्लिनरलगायतका उपकरण समावेश छन् ।

फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्ने ग्राहकले ६ केजी सर्फ एक्सेल र सेमी–अटोमेटिक वाशिङ मेसिन खरिद गर्दा २ केजी सर्फ एक्सेल निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

योजनामा सहभागी ग्राहकले बम्पर उपहारका रूपमा सेन्साइ डाइरेक्ट ड्राइभ वाशिङ मेसिन जित्ने अवसरसमेत पाउनेछन्। बम्पर उपहारका लागि योजनामा उपलब्ध क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ ।

ग्राहकको खरिदलाई सहज बनाउन शून्य प्रतिशत ब्याजदरमा ईएमआई तथा पुरानो सामानसँग नयाँ सामान साट्ने सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना भदौ २६ गतेदेखि सीमित अवधिका लागि लागू भएको हो । चौधरी ग्रुपअन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले नेपालमा सेन्साइका उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

सेन्साइका उत्पादन नेपालभरका आधिकारिक डिलर तथा २२ वटा सीजी डिजिटल शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Share News