जबरा प्रकरणमा दाहालले भने– सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ ठूलो मूल्य चुकाउनुपर्नेछ

फाइल तस्बिर ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने दुस्साहस गरिराखे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् । 

उनले पूर्वप्रधानन्यायाधीश शम्शेरलाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजेकोतर्फ संकेत गर्दै ‘छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारकै लागि घातक हुने टिप्पणी गरे ।

उनले अगामी दिनमा यस्तो दुस्साहस नगर्न सरकारको ध्यानाकर्षण समेत गराए । उनले कसैलाई असुरक्षा भए पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने बताए ।

संयोजक दाहालले संयुक्त राष्ट्रसंघ ८१ औं प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन मुलुकले भोगिरहेको समस्याका हिसावले स्वभाविक रहेको प्रतिक्रिया दिए । 

उनले प्रधानमन्त्री साहको सम्बोधनको विषयलाई अनावश्यक बढाइचढाइ गर्न नहुने पनि बताए ।

Share News