काठमाडौं । नवलपरासी-बर्दघाट सुस्ता पूर्वस्थित नारायणी नदीमा सञ्चालन भएको क्रुज (पानी जहाज) बाढीले बगाएको छ ।
गैंडाकोट नगरपालिका २ बोटे टोलको होटल रिभर क्राउनको क्रुज आइतबार साँझ साढे ५ बजेतिर बगाएको नवलपरासीपूर्व प्रहरीले जानकारी दिएको छ ।
क्रुज चितवन र नवलपरासी जोड्ने नारायणी पुलमा अड्किएको छ । क्रुज अड्किएपछि पुलमा जोखिम भएको छ । अहिले दुवैतर्फी यातायात सञ्चालनमा रोक लगाइएको छ ।