काठमाडौं । अविरल वर्षाका कारण पर्वत जिल्लामा मात्रै ३० घर बगाएको छ ।
पर्वत जिल्ला हुँदै बग्ने कालीगण्डकी नदीमा आएको बाढीले जलजला गाउँपालिका–८ हर्षेका २८ घर बगाएको सहायक जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले विकासज्युजलाई जानकारी दिए ।
‘जलजला गाउँपालिका–८ का २८ घर बगे । यता कुश्मा नगरपालिका–१ मा रहेको माझी बस्तीमा पनि बाढीले २ घर बगाएको छ,’ उनले भने ।
बस्तीमा बाढीको जोखिम कायमै रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सहायक जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
यस्तै, महाशिला गाउँपालिका–२ लुङ्खु कुशुनडाडामा पनि २ घर र २ गोठ पहिरोले पु्रिएर क्षतिग्रस्त बनेका छन् ।
‘मानविय क्षति भएको छैन । कुशुनडाडामा २ घर २ गोठ पहिरोले पुर्यो । यता जलजला गाउँपालिका ७ टाङमाङको बस्ती पनि पहिरोको उच्च जोखिममा छ,’ उनले भने ।