एमाले केन्द्रीय कमिटी बैठक सकियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार (आज) बसेको बैठक सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । 

केन्द्रीय कमिटी बैठकपछि सचिवालय बैठकसमेत बसेको छ ।

बैठकका निर्णय र छलफलका विषयमा पार्टीले औपचारिक रूपमा जानकारी गराउने तयारी गरेको छ ।

Share News