काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुन प्रतितोला ३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १६५ रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ मा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ८१५ रुपैयाँ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन् ।