४० अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०.६१ अंकले घटेर २६१३ बिन्दुमा झरेको हो । 

नेप्सेका अनुसार १४ कम्पनीको सेयर मूल्य बढ्दा २६० कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

बुधबार ३५२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

साथै रिलाइन्स स्पिीनिङको २० करोड, लक्ष्मी सनराइजको १८ करोड र घलेम्दी हाइड्रोको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसूचक राताम्य भएका छन् । सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा देखिएको छ ।

जीवन बीमा उपसूचक २.०४ प्रतिशतले घटेर ११,८००.७९ बिन्दुमा झरेको छ । जलविद्युत् उपसूचक १.६६ प्रतिशत, अन्य उपसूचक १.६५ प्रतिशत र लगानी उपसूचक १.४९ प्रतिशत ले घटेका छन् ।

त्यस्तै, विकास बैंक उपसूचक १.३६ प्रतिशत, निर्जीवन बीमा १.३२ प्रतिशत, लघुवित्त १.३१ प्रतिशत, व्यापार १.२६ प्रतिशत, बैंकिङ १.२२ प्रतिशत र वित्त समूह १.०९ प्रतिशतले घटेका छन् ।

होटल तथा पर्यटन उपसूचक ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१५ प्रतिशत ले पनि गिरावट जनाएका छन् ।   

Share News