२० प्रतिशत लाभांश वितरण गर्ने आरविवि मर्चेन्ट बैंकिङको घोषणा

काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्गले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २० करोड रुपैयाँको करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २९ गते अपरान्ह ४ बजे काठमाडौंको सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा ११औँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

यस्तै, सभाले कम्पनीका सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत पारित गर्नेछ । 

आरविवि मर्चेन्ट बैंकिङ : १० वर्षमा ५४ करोडको सम्पत्ति, ७३ प्रतिशत लाभांश

Share News