नेशनल क्यापिटलले ७.३६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल क्यापिटल लिमिटेडले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते बिहान साढे १० बजे काठमाडौं महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशतका दरले ७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

सभाले सञ्चालकहरूको बैठक भत्ता अनुमोदन गर्ने, सञ्चालक समितिको संरचना संशोधन गर्न नियमावली संशोधन तथा नियामकबाट प्राप्त निर्देशन बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ । 

Share News