काठमाडौं । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेर ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार ४ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।