काठमाडौं । नेपालका लागि सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले दशैं र तिहारलाई लक्षित गर्दै विशेष चाडपर्व अफर सार्वजनिक गरेको छ ।
कम्पनीले ‘दशैं भाइब, तिहार लाइट्स र सीएफमोटो राइड्स’ नामक अभियानअन्तर्गत सीएफमोटो २५० डुअल ईएफआई मोटरसाइकलमा नगद छुटदेखि फाइनान्स र वारेन्टीसम्मका सुविधा उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका अनुसार नगदमा सीएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ फ्ल्याट छुट पाउनेछन् । साथै, ४० प्रतिशत डाउन पेमेन्ट बाटै मोटरसाइकल खरिद गर्न सकिने फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ ।
यस अफरअन्तर्गत जुनसुकै ब्रान्डको पुरानो दुईपांग्रे सवारी साट्ने ग्राहकलाई अतिरिक्त मूल्याङ्कन (एक्स्ट्रा भ्यालुएसन) को सुविधा पनि दिइने कम्पनीले जनाएको छ । मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रिमियम ह्यान्डगार्ड र प्रमाणित फुल–फेस हेल्मेट निःशुल्क उपलब्ध गराइनेछ ।
कम्पनीले सीएफमोटो २५० डुअल ईएफआईमा ५ वर्षको इन्जिन वारेन्टी समेत दिने घोषणा गरेको छ । साथै, देशभर रहेका आधिकारिक सेवा केन्द्रमा सक्कली स्पेयर पार्ट्स र प्राविधिक सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ ।
ऋषि ट्रेड सेन्टरका अनुसार यो चाडपर्व अफर नेपालभर रहेका सबै आधिकारिक सीएफमोटो शोरुम र डिलर नेटवर्कमा सीमित अवधिका लागि लागू हुनेछ ।