अन्तर्राष्ट्रिय बजारमा सुन र कच्चा तेल दुवै महँगिए

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम र सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार २०८२ साउन मसान्तमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य प्रतिब्यारेल ६७.३० अमेरिकी डलर रहेको थियो । २०८३ साउन मसान्तमा उक्त मूल्य ३६.७ प्रतिशतले बढेर प्रतिब्यारेल ९२.०२ अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि उल्लेख्य बढेको छ । २०८२ साउन मसान्तमा प्रतिऔंस ३ हजार ३३५.५० अमेरिकी डलर रहेको सुनको मूल्य २०८३ साउन मसान्तमा ३१.६ प्रतिशतले बढेर ४ हजार ३९०.७० अमेरिकी डलर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

जसअनुसार एक वर्षको अवधिमा कच्चा पेट्रोलियमको मूल्य ३६.७ प्रतिशत र सुनको मूल्य ३१.६ प्रतिशतले बढेको हो ।

Share News