युनिग्लोब इन्टरनेशनल एमयूएन २०२६ शनिबारदेखि सुरु (फोटोफिचर )

काठमाडौं । युनिग्लोब इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (एमयुए)  २०२६ को छैटौं संस्करण आजदेखि सुरु भएको छ । यो संस्करण सेप्टेम्बर २१ तारिख सोमबारसम्म चल्नेछ ।

संस्करणमा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा भारत र बंगलदेशका गरी ५ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी हुँदै कूटनीति, बहस, सहकार्य र विश्वव्यापी मुद्दामाथि छलफल गर्नेछन् ।

सम्मेलनमा  विभिन्न १५ वटा समुहमा फरक फरक शिर्षकमा छलफल गरिने आयोजकले जनाएको छ । 

संस्करणको उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि (राजदूत) तथा शिक्षाविद् प्राध्यापक जयराज आचार्यको उपस्थिती रहेको थियो । 

युवाहरूमा कूटनीति, नेतृत्व र अन्तर्राष्ट्रिय समझदारी विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनले बताए । 

यस सम्मेलनले युवा पुस्तालाई विश्वव्यापी मुद्दाहरूबारे गहिराइमा अनुसन्धान गर्ने महत्व बारे सिकाउँदै आगामी कूटनीतिज्ञहरूको निर्माणमा महत्वपुर्ण भूमिका खेल्नेछ भन्ने उदेश्यका साथ यस खालको कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।

nullnullnullnullnullnullnullnullnullnullnull

Share News