काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षकलाई गृहमन्त्रीले दज्र्यानी चिह्न लगाइदिएका छन् । बुधबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दज्र्यानी चिह्न लगाइदिएका हुन् । यसअघि गृहसचिवले दज्र्यानी चिह्न लगाउने गरेका थिए ।
सरकारले आजै केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।