काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ । शनिबार साँझ देवानगञ्ज वडा नं-१ मा फेरि गोली चलेको छ। गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् ।
वडा नं-१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको उक्त घटनामा सोही ठाउँका १९ वर्षीय निरज यादव घाइते भएका हुन् ।
घाइतेलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको छ । उनको तिघ्रामा गोली लागेको छ। घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी एवम् प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै यस विषयमा विस्तृत विवरण आउन अझै बाँकी रहेको जानकारी दिए ।