काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा तोकिएको छ ।
युरो एकको खरिददर १७५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा कायम भएको छ । त्यस्तै, बेलायती पाउन्डको खरिददर २०५ रुपैयाँ २३ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ४८ पैसा र सिङ्गापुर डलर १२० रुपैयाँ ६ पैसा तोकिएको छ ।
यस्तै, चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८४ पैसा, साउदी रियाल ४० रुपैयाँ ७८ पैसा र कतारी रियाल ४२ रुपैयाँ ३ पैसा कायम गरिएको छ ।
भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्नेछ ।