काठमाडौं । भदौ १० को विनाशकारी भोटेकोसी बाढीपछि सबैभन्दा धेरै मानिसहरू सम्पर्कविहीन रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
आयोजनास्थलमा उद्धारका सामग्री पुर्याउन नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत एक थान मिनि एस्काभेटर पुर्याइएको छ ।
नयाँ एस्काभेटर थपिएसँगै अब दुईवटा एस्काभेटरको सहायताले सुरुङ तथा आसपासका क्षेत्रमा खोजी र उद्धार कार्य निरन्तर अघि बढाइएको छ ।
आयोजनाको सुरुङभित्र हराइरहेका कामदारहरूको खोजीका लागि अडिट ३ सुरुङबाट अडिट ३ अपस्ट्रिमतर्फ गेग्रान बगेको दिशाको विपरीततर्फ खोजी भइरहेको छ ।
लेदो तथा गेग्रान पन्छाएर खोजी गर्न बिहीबार पनि उपकरणहरू निरन्तर परिचालन गरिएको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
साथै, सुरुङभित्र काम गर्न सहज होस् भन्ने उद्देश्यले हेलिकप्टरमार्फत नै आवश्यक जेनेरेटर र काट्ने उपकरण (कटिङ सेट) समेत घटनास्थलमा पुर्याइएको छ ।
उद्धार कार्यलाई थप चुस्त बनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले आयोजनाको निर्माण कम्पनी डुसानको उपकरण आयोजनास्थलसम्म ढुवानी गर्नभोटेकोसी बाढीका कारण ठूलो क्षति व्यहोरेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनामा सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ ।
कोरियाली लगानीमा निर्माणाधीन यस आयोजनास्थलमा उद्धारका लागि नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत मिनि एस्काभेटरका साथै जेनेरेटर र कटिङ सेटलगायतका आवश्यक उपकरणहरू पुर्याइएको छ ।
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका अनुसार अडिट ३ सुरुङको गेग्रान बगेको क्षेत्रमा दुईवटा एस्काभेटर प्रयोग गरी गेग्रानको विपरीत दिशामा खोजी कार्य जारी राखिएको छ ।
यसका साथै निर्माण कम्पनी डुसानका अन्य उपकरणहरू ढुवानी गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले सहजीकरणका लागि पत्र पठाइसकेको छ ।
खोजी कार्यलाई थप प्रभावकारी बनाउन खोजी कुकुर परिचालन गर्ने तयारी गरिएको छ, जसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग हेलिकप्टर उडानको अनुमतिका लागि प्रक्रिया अघि बढाइएको छ ।
अनुमति पाउनासाथ सर्च डगलाई आयोजनास्थलमा खटाइनेछ । बाढी आउनुअघि आयोजनामा कुल १ हजार ४३३ जनशक्ति कार्यरत रहेकोमा अहिलेसम्म ९३६ जना सम्पर्कमा आइसकेका छन् भने बाँकी सम्पर्कविहीनहरूको खोजी कार्य निरन्तर जारी छ ।