काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय वित्त मन्त्री निर्मला सीतारमणबिच नयाँ दिल्लीमा महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको छ ।
बिहीबार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा दुवै देशका समकक्षीहरूबिच भेटघाट भएको हो ।
उक्त उच्चस्तरीय भेटवार्तामा नेपाल र भारतका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
बैठकका क्रममा दुई देशबिचको आर्थिक सहकार्य, द्विपक्षीय व्यापार, तथा आपसी हित र विकास साझेदारीका विविध विषयमा गहन छलफल भएको जनाइएको छ ।