काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०२६ मा सहभागी भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा असोज १ गतेदेखि ४ गतेसम्म सञ्चालन भइरहेको प्रदर्शनीमा बैंकले घर तथा जग्गा खरिद र घर निर्माणका लागि आवश्यक कर्जाबारे जानकारी तथा परामर्श दिने भएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा प्रदर्शनी भइरहेको हो । बैंकले ग्राहकको आवश्यकताअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले प्रदर्शनीमा सहभागिता जनाएको जनाएको छ ।
बैंकका अनुसार घर तथा जग्गा खरिद र घर निर्माण कर्जामा आकर्षक ब्याजदर उपलब्ध गराइनेछ । साथै, प्रदर्शनी अवधिमा प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकको भदौ महिनाको आधार दर ५.६४ प्रतिशत रहेको जनाइएको छ । सो आधार दरअनुसार घर तथा जग्गा खरिद वा घर निर्माणका लागि कर्जा लिने ग्राहकले प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
कर्जासम्बन्धी जानकारी तथा सेवा लिन चाहने ग्राहकले प्रदर्शनीमा रहेको स्टल नम्बर ७७ मा सम्पर्क गर्न सक्नेछन् । बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तर्क्रिया गरी कर्जा प्रक्रिया तथा विभिन्न बैंकिङ सुविधाबारे जानकारी र परामर्श दिनेछन् ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।