काठमाडौं । कृषि विकास बैंक लिमिटेडले असोज १५ गतेदेखि हाल सञ्चालनमा रहेको इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने भएको छ ।
बैंकले डिजिटल बैंकिङ सेवालाई थप सुरक्षित, सरल, सहज तथा प्रभावकारी बनाउने उद्देश्यले व्यक्तिगत ग्राहकका लागि हालको इन्टरनेट बैंकिङ सेवाको विकल्पमा ‘एडिबिएल स्मार्ट बैंकिङ’को वेब संस्करणमार्फत सेवा उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै, संस्थागत तथा कर्पोरेट ग्राहकले हाल प्राप्त गर्दै आएको इन्टरनेट बैंकिङ सेवाका सुविधा ‘एडिबिएल कर्पोरेट पे’मार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिसँगै अगाडि बढ्ने आफ्नो प्रतिबद्धता निरन्तर कायम रहेको जनाएको छ । सेवा परिवर्तनका क्रममा ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै उपयुक्त वैकल्पिक सेवा प्रयोग गर्न आग्रह गरेको छ ।