बाढीप्रभावितका लागि काठमाडौं विश्वविद्यालयको ८५ लाख सहयोग

काठमाडौं । काठमाडौं विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ८५ लाख रुपैयाँ सहयोग गरेको छ । 

काठमाडौं विश्वविद्यालयका एकेडेमिया-इन्डस्ट्री कोअपरेसन विभागका प्रमुख लक्ष्मण लामाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयअनुसार ८५ लाख सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत क्षेत्रमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिपछि राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको विश्वविद्यालयले जनाएको छ ।

Share News