काठमाडौं । जापानको आइची–नागोयामा हुने एसियन गेम्सको क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन् ।
एसियन गेम्सअन्तर्गतको क्रिकेट प्रतियोगिता सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ ।
नेपालले प्रतियोगितामा बलियो टोलीसहित सहभागिता जनाउँदै क्रिकेटमा एसियाली मञ्चमा आफ्नो प्रभाव देखाउने लक्ष्य राखेको छ ।