विपत्तिको सामना गर्न एकजुट बनौं : राष्ट्रपति पौडेल

फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपत्तिको अवस्थामा  सबैलाई एकताबद्ध भएर उभिन आह्वान गरेका छन् ।

सोमबार (आज) राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सबैलाई एकताबद्ध भई उभिन आह्वान गरेका हुन् ।

आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा गएका थिए । भ्रमणपश्चात उनले राष्ट्रका नामा सम्बोधन गरेका हुन् ।

उनले सबै राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र आम नागरिकलाई एकताबद्ध भएर विपत्तिको सामना गर्न आह्वान गरे ।

राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत तथा पुनस्र्थापनाका लागि राज्यका सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिँदै उनले संकटको समयमा सबैको साझा प्रयासबाट मात्रै ठूलो क्षति न्यूनीकरण गर्न सकिने बताए ।

Share News