प्रधानमन्त्री बालेनले भने- बाढीपीडितलाई हियाउने र थप पीडा दिनेहरू अपराधी हुन्, निर्मम कारबाही गर्छौं

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट पीडित मानिसहरूलाई हियाउने तथा अनावश्यक टिप्पणी गर्नेहरू अपराधी भएको बताउँदै उनीहरूमाथि सरकार निर्मम भएर कारबाहीमा उत्रिने चेतावनी दिएका छन् । 

शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछि भइरहेको खोज, उद्धार र राहत कार्यबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घडीमा पीडितहरूलाई थप पीडा नदिन सचेत गराएका हुन् । 

आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरूको आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले एकै क्षणमा संसार गुमाएकाहरूको आक्रोश आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम भएको बताए । 

उनले सरकारले नागरिकको आक्रोशलाई संयमतापूर्वक सुन्ने र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । 

यसैगरी, प्रधानमन्त्री शाहले बाढी प्रभावितहरूलाई मन दह्रो बनाएर सरकारमाथि भरोसा राख्न आह्वान गरेका छन् । 

नागरिकहरूलाई देशको जग र मार्गदर्शकको संज्ञा दिँदै उनले सरकारलाई परिवारकै सदस्य मानेर विपद्को घडीमा आवश्यक सल्लाह र मार्गनिर्देश गर्न समेत आग्रह गरेका छन् । 

Share News