काठमाडौं । विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्दै बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरेको जनाएको छ ।
विपद्का कारण प्रभावित समुदायलाई आवश्यक राहत तथा पुनःस्थापनामा केही योगदान पुर्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
२५ वर्षदेखि नेपाली बजारमा विश्वास र गुणस्तरको पर्यायका रूपमा स्थापित बर्जर पेन्ट्स नेपालले कठिन परिस्थितिबाट देशलाई छिट्टै उठाउन सबै पक्षको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ ।
कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर प्राथमिकतामा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।