मृतक प्रहरीका परिवारले साढे २० लाख पाउँने, ऋण पनि मिनाहा

कुन शिर्षकमा कति ?

काठमाडौं । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका मृतकका परिवारले २० लाख ४० हजार रुपैयाँ पाउने भएका छन् ।

नेपाल प्रहरीका अनुसार मृतक प्रहरीका परिवारले  कल्याण कोषबाट ३ लाख, कल्याण कोषबाट ४० हजार (क्रिया खर्च), राष्ट्रिय वाणिज्य बैंकबाट बिमा ५ लाख, राष्ट्रिय बिमा संस्थान २ लाख र प्रहरी संगठनबाट राहत रु १० लाख रुपैयाँ पाउने भएका हुन्। 

त्यसैगरी, रसुवाको बाढीमा परेर ज्यान गुमाएका प्रहरीको नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋण मिनाहा हुने भएको छ ।

मृतक प्रहरीको परिवारलाई संगठनबाट जनही १० लाख रूपैयाँ दिने निर्णय भएको नेपाल प्रहरीले जनाएको छ । 
नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार मृतक परिवारको सदस्यबाट इच्छुकलाई सीपमूलक तालिम र रोजगारी उपलब्ध गराइनेछ । 

मृतक प्रहरीका सन्तानलाई प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरेर अध्ययनको व्यवस्था मिलाउने भएको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले ऋण मिनाहादेखि मृतकको परिवारलाई १० रूपैयाँ दिने निर्णय गरेको छ ।

Share News