काठमाडौं । माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कविर महर्जन रहेका छन् । सुरुङबाट सफलतापूर्वक उद्धार गरिएका दुवै जनालाई थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
उनीहरू आयोजनाको प्राविधिक कार्यमा संलग्न रहेकै अवस्थामा सुरुङमा परेका थिए । दुवैको अवस्था अहिले सामान्य रहेको जानकारी प्राप्त भएको छ । गत भदौ १० गते भोटेकोशी आएको बाढीले माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका थिए ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । १ हजार २ सय बढीको शव फेला परेको छ भने ४ हजार २ सय बढी बेपत्ता छन् ।