काठमाडौं । रसुवाको बाढीमा परेर ज्यान गुमाएका प्रहरीको नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष ऋण मिनाहा हुने भएको छ ।
मृतक प्रहरीको परिवारलाई जनही १० लाख रूपैयाँ दिने निर्णय भएको नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार मृतक परिवारको सदस्यबाट इच्छुकलाई सीपमूलक तालिम र रोजगारी उपलब्ध गराइनेछ ।
मृतक प्रहरीका सन्तानलाई प्रहरी स्कुलमा शैक्षिक शुल्क मिनाहा गरेर अध्ययनको व्यवस्था मिलाउने भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले ऋण मिनाहादेखि मृतकको परिवारलाई १० रूपैयाँ दिने निर्णय गरेको छ ।
नेपाल प्रहरीको तर्फ हालसम्म रसुवाको बाढीमा परेर हालसम्म २५ जना सम्पर्कविहिन छन् । तीन जना प्रहरीको सनाखत भइसकेको छ ।