काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं । सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । 

नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । 

थापा काठमाडौं विश्वविद्यालयमा गत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत छन् । उनले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेका छन्। । 

शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन् ।

उनले काठमाडौं विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बराललगायत मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

Share News