काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बुधबार प्रतिनिधि सभाको बैठकमा विपदबारे जानकारी दिँदै अहिले शोक मनाउन समय नभएको बताए। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन् ।
सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए ।
‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने ।
उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने ।
उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए ।
प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए ।