यस्तो छ प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले गरेका कामको जानकारी संसद्लाई गराएका छन्  ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के कस्ता काम भएको छ भनी ब्रिफिङ गरेका हुन् ।

सम्बोधनका क्रममा उनले अहिले शरीर थकित भयो भनेर विश्राम लिने छुट नभएको बताए ।

‘मन भक्कादिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन । संकटको यो घडीमा देशको यो नेतृत्वले आशु होइन जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

उनले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताए । ‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए । 

प्रधानमन्त्री शाहले यो विपत्ति देशकै छातीमा वज्रपात भएको बताए ।

उनका अनुसार बाढीमा परेका ११ हजार ९९३ जनाको उद्धार भइसकेको छ भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :

Share News