काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ २३ पैसा र खरिददर १५१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
युरो एकको बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा र बेलायती पाउन्ड स्टर्लिङको बिक्रीदर २०६ रुपैयाँ ११ पैसा तोकिएको छ । स्विस फ्र्याङ्क एकको बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलरको बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर १०९ रुपैयाँ ७५ पैसा र सिङ्गापुर डलर ११९ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ६४ पैसा, साउदी रियाल ४० रुपैयाँ ५५ पैसा, कतारी रियाल ४१ रुपैयाँ ७६ पैसा र यूएई दिराम ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आवश्यक परे विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने केही फरक हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।