सानिमा क्यापिटलले १० प्रतिशत नगद लाभांश बाँड्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीको सञ्चालक समितिको भदौ १६ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित १० प्रतिशतका दरले २ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लाभांश वितरण प्रस्ताव पारित गर्न कम्पनीले असोज ८ गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिस्टर्ड कार्यालय नक्साल-१, काठमाडौंको सभाकक्षमा अपरान्ह ४ बजे बस्नेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले पारित गर्नेछ ।

Share News