रसुवा बाढीपीडितका लागि नेपाल लिकर्सले गर्यो १ करोड १ लाख सहयोग

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन नेपाल लिकर्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

सिग्नेचर ह्विस्की र स्मिरनफ भोड्कालगायत ब्रान्ड उत्पादन गर्दै आएको कम्पनीले उक्त रकम कम्पनी र कर्मचारीहरूको संयुक्त योगदानबाट उपलब्ध गराइएको जनाएको छ ।

कम्पनीका अनुसार बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो योगदान गरिएको हो ।

नेपाल लिकर्सले बाढीका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूको प्रयासको प्रशंसा गरेको छ ।

कम्पनीले विपद्को यस कठिन घडीमा सरकार, स्थानीय तह तथा उद्धारमा खटिएका पहिलो पंक्तिका उद्धारकर्मीलाई सहयोग गर्न व्यक्ति तथा संघसंस्थालाई समेत अपिल गरेको छ ।

Share News