चीनको सिजाङमा पहिरो : उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो

काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि शुक्रबार उद्धार टोली अति प्रभावित क्षेत्रमा पुगेको छ । 

गत बुधवार गएको भीषण पहिरोका कारण सो क्षेत्रको भौगोलिक अवस्था नराम्ररी क्षतिग्रस्त भएको छ । 

उद्धारका क्रममा अग्नि नियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गरी कठिन मार्गहरू पार गर्दै प्रभावित स्थलसम्म पहुँच पुर्याएका छन् । 

जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीहरूले खोज तथा राहत कार्यलाई तीब्रता दिएका छन् ।

Share News