३ दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीबाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले तीन दिन अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार भदौ १२ गतेदेखि भदौ १४ गतेसम्म अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था गर्न निर्देशन दिइएको हो । 

बाढी प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहजता पुगोस् भन्ने उद्देश्यले उक्त अवधिमा अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न भनिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अत्यावश्यक सेवा सुचारु हुने व्यवस्थासम्बन्धी जानकारी उपयुक्त माध्यमबाट आफ्ना ग्राहक तथा अन्य सरोकारवालालाई गराउनसमेत निर्देशन दिएको छ ।

Share News