बाढीपीडितका लागि एनआईसी एशिया बैंकले दियो २ करोड २१ लाख

काठमाडौं । भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआईसी एशिया बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड रुपैयाँ तथा सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ नगद सहयोग गरेको हो ।

बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले संयुक्त रूपमा बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

बैंकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । 

साथै सम्पर्कविहीन नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम बढिरहेको छ ।

Share News