बाढीपीडितको सहयोगार्थ सिद्धार्थ क्यापिटलको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । भोटेकोशीलगायत नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सिद्धार्थ क्यापिटलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बाढीका कारण मानवीय तथा भौतिक क्षति भएपछि प्रभावितको उपचारमा आवश्यक रगतको अभाव हुन नदिन सिद्धार्थ क्यापिटलले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँगको समन्वयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका कर्मचारी, सिद्धार्थ बैंक लिमिटेडका कर्मचारी, विभिन्न मर्चेन्ट बैंकका कर्मचारी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले विपद्को समयमा आवश्यक रगतको अभाव हुन नदिन तथा बाढीबाट प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता तथा सहयोगीप्रति सिद्धार्थ क्यापिटलले आभार व्यक्तसमेत गरेको छ । 

Share News