काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । बुधबार बिहानबाट सम्पर्कमा नरहेको थामीकी श्रीमती पत्रकार कालिका खड्काले जानकारी दिइन् ।
महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । थामी केरुङबाट तिब्बततिर जाने क्रममा सम्पर्कविहीन बनेका हुन् ।
कालिका भने राससमा कार्यरत छिन् । उनीहरू दुवै जना लामो समयदेखि पत्रकारीतामा आबद्ध छन् ।
त्यसैगरी, नुवाकोट विदुर- ७ का पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।
पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् ।
उनीहरूको खोज(उद्धारका लागि महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ ।