काठमाडौं । रसुवालगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ नगद सहयोग गरेको छ ।
गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुने सहयोग रकम एकद्वार प्रणालीमार्फत परिचालन गर्ने व्यवस्था गरिएको छ । सोहीअनुसार अर्थमन्त्री वाग्लेले सहयोग रकम बुझ्न थालेका हुन् ।