रसुवा बाढी : एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको बाढीपछि एनएमबि बैंकाको टिमुरे शाखामा कार्यरत चार कर्मचारी सम्पर्कविहीन भएका छन् ।

बैंकका अनुसार भदौ १० गते बिहान करिब ८:४५ बजे टिमुरे आसपासमा आएको बाढीपछि शाखामा कार्यरत कर्मचारीहरू सम्पर्कविहीन भएका हुन् ।

सम्पर्कविहीन हुनेमा धर्मराज रिमाल, नवीन गौतम, सुभाष रावल र अर्जुन पण्डित रहेका छन् । उनीहरू सबै टिमुरे शाखामा कार्यरत कर्मचारी हुन् ।

बैंकले उनीहरूलाई कसैले देखेको, भेटेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए तत्काल बैंकलाई जानकारी गराइदिन आग्रह गरेको छ । 

Share News