रसुवाको बाढीमा ५१७ विदेशी पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको बाढीमा परेर ५१७ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार अष्ट्रेलियाका ३५, जापानका ५, रसियाका ८,  क्यानडाका २५, भारतका १७८, युक्रेनका ३५, बेलायतका ३३ र अमेरिकाका ६५ जना पर्यटकहरू रहेका छन् ।

त्यसैगरी, १२७ आन्तरिक पर्यटक सम्पर्कविहीन भएका छन् ।

बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । 

नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् । 

 

null

Share News