‘सस्तो हवाई भाडामा यात्रुलाई सेवा दिइरहेका छौं’

काठमाडौं । वायुसेवा सञ्चालक संघले सरकारले तोकेको भाडा दरमा उडान भरिरहेको जनाएको छ । यात्रुको चाप केही सेक्टरमा बढेकाले सस्तो टिकटको मूल्य बढेको भए पनि सरकारले तोकेको मूल्यमा यात्रुलाई सेवा दिएको संघले जनाएको छ । 

‘यात्रुचापका कारण सस्तो दरका हवाई टिकट सकिएता पनि मानवीय तथा सामाजिक उत्तरदायित्वभित्र रही साविककै भाडादर कायम गरी हवाई टिकट बिक्री वितरण गरिएको छ,’ संघले भनेको छ।

संघका अनुसार रसुवामा आएको बाढीले क्षति गरेपछि विभिन्न ठाउँमा निजी वायुसेवा कम्पनीका हेलिकोप्टरले सेवा दिएका छन् ।

स्वास्थ्य सामग्री, उद्धार सामग्री तथा सुरक्षाकर्मीलाई सम्बन्धित ठाउँमा पुर्याउने गरिरहेको छ । ‘बाढीमा परेर घाइते भएकालाई संघका हेलिकोप्टरमार्फत अस्पताल पुर्याउने काम गरिरहेको छ,’ संघले भनेको छ ।

बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र  गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहीन भएका छन् ।

Share News