काठमाडौं । नारायणी नदीमा ७० वटा शव फेला परेको छ । रसुवाबाट बगेर गएको ७० वटा शव नारायणी नदीमा फेला परेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विकासन्युजलाई जानकारी दिए ।
उनका अनुसार संकलन गरिएका शवलाई विभिन्न अस्पतालमा सुरक्षित राखिएको छ । शवको पहिचान गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम समेत अघि बढाइएको शर्माले जानकारी दिए ।
बुधबार बिहान ९ बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति पुर्याएको छ । नेपाल प्रहरीका अनुसार हालसम्म १ सय ६२ जनाको शव फेला परेको छ । २८ जना प्रहरीहरू सम्पर्कविहिन भएका छन् ।